भ्रमण वर्ष सफल बनाउन सबैलाई टुँडिखेलमा राखेर सपथ खुवाउँछुः पर्यटनमन्त्री

काठमाडाैं, २४ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउनकाे लागि सबै पर्यटन क्षेत्र सम्बन्धित व्यक्तीहरूलाई एकै ठाँउमा राखेर आफ्नो दायित्व पुरा गर्छु भन्दै सपथ खुवाउने बताएका छन् ।

शुक्रबार काठमाडाैंमा नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन पर्यटन व्यवसायीहरूबाट सुझाव संकलन गर्न आयोजित छलफल कार्यक्रममा मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष जसरी पनि सफल बनाउनु पर्ने बताएका हुन् ।

‘याे सिंगाे नेपाली पर्यटन क्षेत्रकाे लागी जीवन मरणकाे सवाल हाे, म यसबाट भाग्दिन र तपाईंहरु पनि भाग्न पाउनुहुन्न’ उनले भने, ‘सबैले आफ्नो दायित्व पुरा गर्नुपर्छ ।’

उनले भने, ‘प्रधानमन्त्रीकाे अगाडी २० हजार भन्दा बढी व्यवसायी र पर्यटन क्षेत्रसँग सम्बन्धित मानिसहरूलाई टुँडिखेलमा राखेर सपथ खुवाउँछु ।’

कार्यक्रममा पर्यटनमन्त्री समक्ष पर्यटन क्षेत्र सम्बद्ध संघसंस्थाका प्रतिनिधिहरू र व्यावसायीहरूले नेपाल भ्रमण वर्ष २०२० लाइ लिएर आ-आफ्नो माग र सुझाव राखेका थिए ।

कार्यक्रमममा नेपाल पर्यटन बाेर्डका प्रमुख कार्यकारी अधिकृत दिपक जाेशी र भ्रमण वर्ष कार्यक्रमका संयाेजक सुरज वैद्यले भ्रमण वर्षकाे तयारीकाे बारेमा प्रस्तुती दिएका थिए ।

व्यावसायीहरूले विशेषगरी भ्रमण वर्ष अगावै भैरहवा अन्तराष्ट्रिय विमानस्थलकाे निर्माण र सञ्चालन, सडक लगायतका पूर्वाधारकाे विकास, नेपाल भ्रमण वर्षमा भिसा शुल्कमा छुट दिनुपर्ने, पर्यटक बसपार्क बनाउनुपर्ने, डाेल्पा र माथिल्लाे मुस्ताङलाई प्रतिबन्धित क्षेत्र घाेषणा भएकाेमा त्याे हटाउनुपर्ने लगायतका माग राखेका थिए ।

त्यस्तै हवाइसेवा कम्पनीका प्रतिनिधिहरूकाे माग नेपालमा हवाइ इन्धनकाे मुल्य अन्य देशकाे तुलनामा झण्डै दाेब्बर महंगाे भएकाले त्यसलाई घटाउनुपर्ने थियाे ।

कार्यक्रममा बोल्दै पर्यटन व्यवसायीहरुले सरकारले २० लाख पर्यटक भित्र्याउने भन्दै संख्यालाई मात्रै ध्यान दिएकाेमा संख्यात्मक रूपमा धेरै भन्दा पनि खर्चालु पर्यटक भित्र्याउनकाे लागि जाेड दिनुपर्ने, भ्रमण वर्षकाे नाममा गाँउगाँउमा समिति बनाएर कार्यक्रम गर्नुभन्दा अन्तराष्ट्रिय क्षेत्रमा प्रभावकारी रूपमा प्रचार प्रसार गर्न र एक वर्षमात्रै नभइ २०२० देखि २०२२ सम्म तीन वर्षकाे लागि भ्रमण वर्ष मनाउने याेजना बनाउन पनि सुझाव दिएका थिए ।

व्यावसायीहरूकाे कुरा सुनिसकेपछि पर्यटनमन्त्री भट्टराईले पर्यटन व्यवसायी तथा पर्यटन क्षेत्रसम्बन्धित संघसंस्थाहरुलाई ३ दिनभित्रमा बुँदागत रूपमा लेखी नेपाल भ्रमण वर्षकाे सचिवालयमा दिन आग्रह समेत गरे । उनले सबै सुझावहरू एकत्रित गरी फेरी विषयगत रूपमा छुट्टाछुट्टै छलफल गर्ने बताए ।

पर्यटन क्षेत्रका बारेमा आफूलाई धेरै ज्ञान नभएकाे भन्दै मन्त्री भएकाे दिनदेखि याे क्षेत्रकाे बारेमा सिकिरहेकाे र याे क्षेत्रलाई राम्राे बनाउन गतिलाे कदम चाल्ने उनले बताए । यसैकाे लागि
आइडिया बैंककाे रूपमा आजकाे कार्यक्रम गरेकाे पनि उनले बताए ।

उनले नेपाल एयरलाइन्सलाई त्यत्तिकै थला पर्न नदिने र डिसेम्बर ३० भित्र जसरी पनि भैरहवा विमानस्थल सञ्चालन गर्ने गरी अगाडी बढेकाे बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here