नेपाललाई पपुवा न्यूगिनीले दियो २०४ रनको मध्यम लक्ष्य

काठमाडौं । युनाइटेड अरब इमिरेट्समा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा पपुवा न्यूगिनी (पीएनजी) नेपाललाई २०४ रनको मध्यम लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पीएनजी निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३ रन बनायो। पीएनजीका लागि चाड सोपरले नटआउट ३६ रन,कप्तान असद भालाले ३६ किपलिन डोरिगाले २९ रन र सेसे बाउले ३१ रन बनाए। नेपालका गुलशन झाले ९ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए ।

कुशल मल्लले ७ ओभरमा ४२ रन खर्चेर २ विकेट लिएका थिए । करण केसीले ९ ओभरमा २ मेडनसहित ३० रन खर्चेर १ विकेट लिए । सोमपाल कामीले ६ ओभरमा १ मेडनसहित १७ रन खर्चेर १ विकेट लिए । प्रतिश जि.सीले ६ ओभरमा ३७ रन खर्चेर १ विकेट लिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here