रवीन्द्र मिश्र भन्छन् -‘ढोक्साभन्दा माथि राजालाई राख्न पाए देशको भलो हुन्थ्यो’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्रले राष्ट्र प्रमुखको एउटा पदमा राजालाई राख्न पाए सङ्कटका बेला देशको भलो हुने बताएका छन्।

उनले सामाजिक सञ्जालमा भनेका छन्,‘उसले उसलाई, उसले उसलाई,सबैले सबैलाई ढोक्सा थाप्दा थाप्दै, राष्ट्रपतिको पददेखि देशको धर्म-संस्कृति र सार्वभौमसत्तासम्म बढ्दो रूपमा विदेशीको ढोक्सामा परिसक्यो, कमसेकम राष्ट्र प्रमुखको एउटा पदमा, ढोक्साको पासोभन्दा माथि, राजालाई राख्न पाए सङ्कटका बेला देशको भलो हुन्थ्यो भनेको, सुन्नुपर्नेले किन सुन्थे र!एक्लो बृहस्पति झूठो!।’