१ करोड ९७ लाखमा सहिद स्मारक लिगको सम्पूर्ण अधिकार बिक्री

काठमाडौं । एमडीएसी स्पोर्ट्स प्रालिलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक लिगको टाइटल स्पोन्सरबाहेक मार्केटिङ, ब्रोडकास्टिङ, डिजिटल र टिकेटिङसम्बन्धी सम्पूर्ण अधिकार भ्याटबाहेक १ करोड ९७ लाखमा रुपैयाँमा बिक्री गरेको छ ।

सम्झौता–पत्रमा एन्फाका महासचिव किरण राई र एमडीएसी स्पोर्ट्सका सीईओ (प्रमुख कार्यकारी अधिकृत) अर्जुन घिमिरेले हस्ताक्षर गरे ।

यो सम्झौता यही एक सिजनका लागि हो । ए डिभिजन लिग फागुन १९ गते सुरु हुँदै छ । यसपालि ‘डबल लिग’ का आधारमा १४ क्लबले कुल १ सय ८२ खेल खेल्ने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here