राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा डोजर जोडेर ‘गेट’

काठमाडौं । कालिकोटको महाँबै गाउँपालिकामा आयोजित १३ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा फजुल खर्च हटाउन डोजर जोडेर बनाइएको ‘गेट’ बनाइएको छ ।

सोमवर शुरु भएको प्रतियोगिता आजसम्म सञ्चालन हुनेछ। पहिलो दिन १५ सय मिटर र २ सय मिटरको दौड प्रतियोगिता भएको छ।

१५ सय मिटर दौडमा सान्नीत्रवेणी गाउँपालिकाका बिमल बम प्रथम, तिलागुफा नगरपालिकाका सोवन शाही द्वितीय, खाँडाचक्र नगरपालिकाका बलप्रसाद पाण्डे तृतीय भएका छन्। महिलातर्फ खाँडाचक्र नगरपालिकाकी निशा मल्ल प्रथम, महावै गाउँपालिकाकी सुनमाया सिंह द्वितीय, नरहरिनाथ गाउँपालिकाकी अस्मिता बुढा तृतिय भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here