आठ वर्षपछि मेरी बास्सैमा ‘माग्ने बुढा’, थपिइन् बेनिसा हमाल

काठमाडौं । हाँस्य टेलिश्रृंखला मेरी बास्सैमा हाँस्यकलाकार केदार घिमिरे फेरि देखिने भएका छन्। मंगलबार राति नेपाल टेलिभिजनबाट प्रसारण हुने उक्त सिरिजमा केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’कै रोलमा प्रस्तुत हुनेछन् ।

शुक्रबारदेखि हलमा प्रदर्शन हुने तयारीमा रहेको ‘छक्कापञ्जा ४’को प्रवद्र्धनका लागि माग्ने बुढाले ‘मेरी बास्सै’मा अभिनय गरेका हुन् । आठ वर्षपछि श्रृंखलामा उनी अभिनेत्री बेनिशा हमालसँगै देखिने जनाइएको छ । उनलाई यसै टेलिफिल्मले माग्ने बुढाका रुपमा परिचय दिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here