क्यानडामा टिकटक प्रतिबन्ध !

काठमाडौं । क्यानडा सरकारले सरकारी डिभाइसमा टिकटक प्रतिबन्ध गर्ने निर्णय गरेको छ । अमेरिकाले प्रतिबन्ध लगाएको केही समयपछि क्यानडाले प्रतिबन्धको गर्न लागेको हो ।

अमेरिकामा सरकारी कामकाजका लागि प्रयोग हुने सबै प्रकारका डिभाइसहरुमा टिकटक प्रतिबन्ध गरिएको छ । क्यानडा सरकारबाट जारी भएका सम्पूर्ण मोबाइल डिभाइसमा मार्च १ देखि टिकटक स्वत: रुपमा हट्ने भनिएको छ ।

टिकटकमा साइबर आक्रमणको सम्भावना रहेको भन्दै क्यानडाले यस्तो निणर्य लिएको बताएको छ । साथै टिकटकमा डेटा सुरक्षित नभएकोकारण समेत देखाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here