यू-१९ विश्वकप छनोट : नेपालविरूद्ध मलेसियाको झिनो लक्ष्य

काठमाडौं । यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालविरूद्ध मलेसिया ७२ रनमै अलआउट भएको छ। युएईको मालेक क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियालाई नेपालले ३५.३ ओभरमा ७२ रनमा अलआउट गरेको हो।

उसका लागि मोहम्मद अक्रम अब्द मलेकले २६, मुहम्मद स्याहिर स्यामेल र मोहम्मद हरिल हरिसनले १२/१२ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

मलेसियाको पारी ध्वस्त पार्ने क्रममा दिपेश कडेँलले १० ओभरमा ४ मेडनसहित ११ रन दिएर महत्वपूर्ण ४ विकेट लिए । त्यस्तै, आकाश चन्दले ४.३ ओभरमा ९ रख खर्चदै ३ विकेट हात पारे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here