पूर्वाधार आवश्यकता पहिचान गर्न सीएनआई प्रदेशमा

काठमाडौं, २५ साउन । नेपाल उद्योग परिसंघ (सीएनआई)ले आगामी भदौमा राजधानीमा गर्ने पूर्वाधार सम्मेलनका लागि प्रादेशिक पूर्वाधारको आवश्यकता पहिचानको कार्य शुरु गरेको छ ।

सम्मेलनमा सातै प्रदेशका पूर्वाधारका आवश्यकता र राम्रा परियोजनाहरु प्रस्तुत र छलफलल गरिने सीएनआईले जानकारी दिएको छ ।

त्यसै क्रममा पहिलो प्रादेशिक छलफल प्रदेश १ को राजधानी बिराटनगरमा गरिएको छ ।

सो अन्तक्र्रियामा बोल्दै मुख्यमन्त्री शेरधन राइले आफ्नो प्रदेशका सम्भावित परियोजनाहरुलाई सम्मेलनमा प्रस्तुत गर्ने र आगामी दिनमा ति योजनालाई अझै परिष्कृत गर्दै लगिने बताएका छन् ।

पूर्वाधार सम्मेलन महत्वपूर्ण र उत्साहजनक कार्यक्रम भएकाले त्यसमा प्रदेश १ सहभागी हुने प्रतिवद्धता पनि उनले व्यक्त गरे ।

परिसंघका उपाध्यक्ष विरेन्द्रराज पाण्डेले प्रदेशहरुमा पूर्वाधारको सम्भावना र प्रदेश सरकारले प्राथमिकतामा राखेका योजनालाई पूर्वाधारप सम्मेलनमा छलफल सहित अगाडी बढाउन परिसंघबाट समेत आवश्यक पहल गरिने उल्लेख गरे ।

यस पटकको तेस्रो पूर्वाधार सम्मेलनमा परिसंघले नेपालका सातवटै प्रदेशमा पूर्व सम्मेलन छलफल तथा अन्तरक्रिया कार्यक्रम गरि सबै प्रदेशहरुको पूर्वाधारको आवश्यकता पहिचान गर्ने कार्यक्रम गरिरहेको छ ।

त्यसरी सम्मेलनमा गरिएको छलफल तथा अन्तरक्रियाबाट प्राप्त निचोडलाई नेपाल पूर्वाधार सम्मेलनमा प्रस्तुत गर्ने गरी परिसंघबाट कार्यक्रम तय गरिएको छ, पाण्डेले भने ।

छलफल कार्यक्रममा परिसंघ प्रदेश–१ का संयोजक मिनप्रकाश मैनाली, परिसंघका गभर्निङ्ग काउन्सिल सदस्य वासुदेव गोल्यान, नेपाली युवा निर्माण व्यवसायी समुदायका अध्यक्ष एवं परिसंघका राष्ट्रिय परिषद सदस्य आनन्द सुवेदी, मोरङ्ग उद्योग संगठन, मोरङ्ग व्यापार संघ लगायत स्थानीय उद्योगी तथा लगानीकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रदेश उद्योग, पयर्टन वन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुशियैत, प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेल, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्मा तथा प्रदेश–१ का प्रमुख सचिव सुरेश अधिकारीले प्रदेशको सम्भावना तथा आवश्यकताका विषयमा चर्चा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here