आइसीसीले स्वीकृति नदिँदै सन्दीपलाई क्यानले आजै यूएई पठाउने

काठमाडौं । क्रिकेट विश्वकप लिग २ अन्तर्गत यूएईमा जारी त्रिकोणात्मक सिरिजका बाँकी तीन खेल खेल्न सन्दीप लामिछानेलाई आज युएई पठाउने तयारी नेपाल क्रिकेट संघ (क्यान)ले गरेको छ।

शृंखला खेलिरहेका एक खेलाडी घाइते भएकाले सन्दीप टिमको अन्तिम १६ मा रहेको र अदालतले उनलाई विदेश जाने अनुमति पनि दिएका उनको ठाउँमा सन्दीपलाई पठाउन लागिएको हो ।

आईसीसीको प्रावधान अनुसार कुनै पनि श्रृंखलाको बीचमा खेलाडी घाइते भएमा उसलाई रिजर्भमा रहेको अर्को खेलाडीले प्रतिस्थापन गर्न सक्छ ।

क्यानले आईसीसी घाइते एक खेलाडीको स्थानमा सन्दीपलाई राख्न पहल गरेको हो । आइसीसीले यसबारेमा निर्णय दिइसकेको छैन, तर क्यान विश्वस्त छ । भोलि नेपालको यूएईसँग दोस्रो महत्त्वपूर्ण म्याच छ ।