प्रदेश १ को नाम कोशी राख्ने प्रस्तावमा कांग्रेसको समर्थन फिर्ता

काठमाडौं । प्रदेश १ को नाम कोशी राख्न यसअघि प्रदेश सभा बैठकमा दर्ता भएको प्रस्तावमा नेपाली कांग्रेसले समर्थन फिर्ता लिएको छ।

कांग्रेसभित्र विवाद भएपछि प्रस्ताव दर्ता भएको केही घन्टापछि कांग्रेसका राजवंशीले प्रदेश सभा सचिवालयमा आफ्नो समर्थन फिर्ता भएको निवेदन दिएका छन्।

बुधबार बिहान एमालेका सांसद रामबहादुर राना मगर प्रस्तावक र एमालेकै निरन राई र नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेर कोशी नाम राख्ने प्रस्ताव संसदमा दर्ता भएको थियो।

प्रस्तावमा भनिएको छ, ‘संविधानको धारा २९५ को उपधारा २ तथा प्रदेश नं. १ प्रदेश सभा (पहिलो संशोधन) नियमावली, २०७५ को परिच्छेद १०, नियम ५८ को उपनियम (ख) १ संग २९५ को उपधारा (२) बमोजिमको यस प्रदेशको नामकरण तपसिलमा उल्लेखित नाम कायम गरियोस् ।’

प्रदेश नामाकरणका लागि ६२ जना सांसद आवश्यक हुन्छ। प्रदेश सभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, नेकपा एसका ४ र जसपाका १ जना सांसद छन्। यसरी हेर्दा एमालेको प्रस्ताव बहुमतले पारित हुने देखिन्छ।

नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीले भने प्रदेशको नामा किरात लिम्बुवान सगरमाथा राख्न प्रस्ताव दर्ता गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here