प्रदेश १ नामाकरण विवाद: विराटनगरका केही स्थानमा निषेधित क्षेत्र घोषणा

काठमाडौं । जिल्ला प्रशासन कार्यलय मोरङले विराटनगरका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ।

प्रदेशसभामा नामकरण प्रस्ताव दर्ता हुने प्रक्रियामा रहेको बेला बुधबार ३ बजेदेखि अर्को सूचना जारी नगर्दासम्म सभा, विरोध र जुलुस गर्न निश्चित क्षेत्रमा निषेधको सूचना जारी गरिएको हो।

सूचनामा प्रदेशसभा भवनको आसपास अस्पतालचौकदेखि देवकोटा चौकसम्म, जिल्ला प्रशासन कार्यलय परिसर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय तथा मन्त्री निवास आसपास सभा, सम्मेलन, विरोध धर्ना र जुलुश गर्न निषेध गरिएको उल्लेख गरिएको छ।

अर्को आदेश जारी नभएसम्म निषेधाज्ञा कायम रहने उल्लेख गरिएको छ।

आज प्रदेश सभामा प्रदेश १ को नामका लागि दुई प्रस्ताव दर्ता भएका छन्। एमालेले कोशी नाम राख्न प्रस्ताव दर्ता गरेको छ। एमालेको प्रस्तावमा यसअघि समर्थक बसेको कांग्रेसले आफ्नो समर्थन फिर्ता लिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here