राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा इटालीका अल्बर्टो नियुक्त

काठमाडौं । अखिल नेपाल फुटबल संघ–एन्फाको कार्य समिति बैठकले पदपूर्ति समितिको सिफारिसअनुसार नेपाली राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकमा इटालीका भेन रेन्जो अल्बर्टो एनेस नियुक्त गरेको छ ।

अल्बर्टो इटालियन व्‍यवसायिक फुटबल प्रशिक्षक र पूर्व खेलाडी हुन्।

उनी हाल इन्डियन सुपर लिग क्लब नर्थइस्ट युनाइटेडका मुख्य प्रशिक्षक हुन्।

एन्फाले चैत ६ देखि १७ सम्म दशरथ रंगशालामा प्रधानमन्त्री थ्रीनेसन कप अन्तर्राष्ट्रय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगितामा नेपाल, भुटान र लाओसबीच प्रतिस्पर्धा हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here