यू-१९ विश्वकप छनोट : नेपाल विश्वकप नजिक, आजको खेल जित्नैपर्ने

काठमाडौं । आइसिसी यू १९ विश्वकप एसिया क्षेत्र छनोटको अन्तिम खेलमा नेपालले आज घरेलु टोली यूएईसँग खेल्दैछ।
खेल आजमानस्थित इर्डेन गार्डेन ओभलम बिहान पौने ११ बजेबाट सुरु हुनेछ।

राउण्ड रोविन लिगको अन्तिम खेल भए पनि यो खेल फाइनल जस्तै हुनेछ । ६ राष्ट्र सहभागी छनोटबाट शीर्ष स्थानमा रहने एक टिम मात्र विश्वकपमा पुग्नेछन् ।

त्यसैल नेपालका लागि यो खेल जित्नैपर्ने अवस्था छ । नेपालले आजको खेलमा घरेलु टालीलाई पराजित गरे सन् २०२४ मा श्रीलंकामा हुने विश्वकप खेल्नेछ।

छनोटमा नेपाल र युएई मात्र अपराजित टोली हुन्। तर नेटरनरेटका आधारमा युएई शीर्ष र नेपाल दोस्रो स्थानमा छ। नेपालले सिंगापुरलाई ९६, कुवेतलाई २ सय ४३, हङकङलाई ९ विकेट र मलेसियालाई १० विकेटले हराएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here