नेपाल यूएईविरुद्ध फिल्डिङमा, सन्दीप टिममा

काठमाडौं । आईसीसी विश्वकप लिग–२ मा नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा यूएईविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

नेपालले टस जितेर घरेलु टोलीलाई ब्याटिङको निम्तो दिएको हो । नेपाली टीममा सन्दीप लामिछानेको पुनरागमन भएको छ । प्रतिश जिसीको ठाउँमा सन्दीपलाई स्थान दिइएको हो ।

विश्वकप क्वालिफायरमा सिधै छनोट हुन वा एकदिवसीय मान्यता कायम राख्न नेपालले बाँकी ७ मध्ये ६ खेल जित्नैपर्ने बाध्यता छ ।

नेपाल लिग टुका पछिल्ला पाँच खेलदेखि अपराजित छ । यूएई सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई ४ विकेटले पराजित गरेको थियो । योसँगै नेपालले ओडीआईमा लगातार पाँच जितको कीर्तिमान बनाएको छ ।

यूएईमा जारी सिरिजमा आज नेपालले आफ्नो दोस्रो खेल खेल्न लागेको हो । नेपालले यूएईलाई पराजित गरे अंक तालिकाको पाँचौं स्थानमा उक्लनेछ । नेपाल २९ खेलबाट २८ अंक जोड्दै छैटौं स्थानमा छ । २९ खेलबाट २९ अंक नै जोडेको यूएई पाँचौं स्थानमा छ ।

नेपालले अब लिग टु मा ७ खेल खेल्न बाँकी छ । त्यसमध्ये ६ मा जित निकाले शीर्ष तीनमा रहँदै विश्वकपको ग्लोबल छनोट पनि खेल्नेछ । शीर्ष ५ मा रहन ४ खेल जिते पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here