नेपाललाई तेस्रो सफलता, कुशल मल्लले लिए विकेट

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको दोस्रो खेलमा नेपाललाई तेस्रो सफलता मिलेको छ । दुबही अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा घरेलु टिम यूएईविरुद्ध मल्लले आफ्नो चौथो ओभरको चौंथो बलमा विकेट लिएका हुन् । मल्लले २५ औं ओभरको चौथो बलमा चुन्दगापोयल रिजवानलाई २४ रनमा क्याच आउट गराए ।
यसअघि सन्दीप लामिछानेले १४ औं ओभरको चौथो बलमा भिट्रीया अरविन्दलाई १८ रनमा क्याच आउट गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here