युएईविरूद्ध नेपाललाई सन्दीपले दिलाए चौथो,आरिफ शेखले पाँचौ सफलता

काठमाडौं । विश्वकप क्रिकेट लिग–२ मा नेपालले यूएईविरूद्ध टस जितेर पहिले फिल्डिङ गरिरहेको छ। यूएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले पाँचौ सफलता हात पारेको छ।

नेपालका लागि आरिफ शेखले पाँचौ सफलता दिलाएका हुन्। उनले आलिशान सराफूलाई २ रनमा आउट गराए।

त्यसअघि सन्दीप लामिछानेले व्यक्तिगत दोस्रो विकेट लिँदै नेपाललाई चौथो सफलता दिलाएका थिए। लामिछानेले ३६ औं ओभरको तेस्रो बलमा आशिफ खानलाई आउट गराए। ९९ बल खेलेका खानले ७२ रन बनाएर खेलिरहेका थिए। खानले ५ चौका र ३ छक्का प्रहार गरेका थिए।

यसअघि कुशल मल्ल र करण केसीले १-१ विकेट लिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here