यूएईले नेपाललाई दियो २०८ रनको लक्ष्य, सन्दीपको उत्कृष्ट प्रदर्शन

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत जारी शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले यूएईबाट जितका लागि २०८ रनको लक्ष्य पाएको छ । ५० ओभर नै खेलेको युएईले ८ विकेट गुमाएर २०७ रन बनाएको हो।

यूएईका लागि ओपनिङ गरेका आसिफ खानले सर्वाधिक ७२ रन बनाए । रोहन मुस्ताफाले अविजित ५२ रन बनाए । नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here