यूएईविरुद्ध कुशल मल्लको अर्धशतक

काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत यूएईविरुद्ध नेपालका कुशल मल्लले अर्धशतक प्रहार गरेका छन्।

उनले ४२ बलमा अर्धशतक बनाउन ८ चौका र १ छक्का हिर्काए। यूएईले दिएको २०८ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरिरहेको नेपालले सुरुवाती पाँच ब्याट्सम्यानलाई गुमासकेको छ। कुशलको यो एकदिवसीय अन्तराष्ट्रियमा चौथो अर्धशतक हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here