मेन भर्सेस वाइल्डमा मोदी, यसकारण मोले भारतीय प्रधानमन्त्रीले जोखीम

संसारको सबैभन्दा लोकप्रिय कार्यक्रम मेन भर्सेस वाइल्ड । टीआरपीका दृष्टिकोणबाट पनि सम्भवतः संसारमा सबैभन्दा धेरै हेरिने टेलिभिजन कार्यक्रम ।

यसका मूख्य पात्र बेयर ग्रिल्सका साथ निटक भविश्यमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यो कार्यक्रममा देखिदैछन् ।

एक बुढ्यौली उमेरमा ग्रिल्सकै शैलीमा शाहसिक गतिविधिका भाग लिनु, जंगलको बास र त्यहा हुने कठिन परिस्थितिबाट बाफूलाई पार लगाउनु, पक्कै पनि यो चानचुने आँट होइन ।

तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफुलाई यसमा अब्बल सावित गरिदिएका छन् । भारतीय संचारमाध्यमका अनुसार भारतीय प्रधानमन्त्री मोदी पर्यावरण संरक्षणको सन्देशसहित यो एपीसोडमा देखिदैछन् ।

मोदी पहिलो भारतीय पनि हुन, जो एडभेन्चर शोको एक पात्रका रुपमा देखनेछन् । पुरै अमेरिका, यूरोप र एसियाका धेरै देशमा यो कार्यक्रम लोकप्रिय छ । सांसरका १ सय ८० देशमा एकटै पटक टेलिभिजन च्यानलमा यसको प्रसारण हुन्छ ।

त्यसकारण पनि यो कार्यक्रममा आउनु निकै महत्वपूर्ण मानिन्छ । यसअघि अमेरिकी प्रसिडेन्ट बाराक ओबामाले एक एपिसोडमा आफूलाई प्रस्तुत गरेका थिए ।
ग्रिल्सले एपिसोडको प्रोमो सार्वजनिक गरिसकेका छन् । जसअनुसार प्रधानमन्त्री मोदीले निकै शाहसिक गतिविधिमा भाग लिएका छन् । जंगलमा एक्लै रहदा कसरी मानिसले आफूलाई बचाउन सक्छ, त्यसको सन्देश उनी दिनेछन् ।

जनावर र जंगल किन आवश्यक छ र यसको संरक्षण गरिनुपर्छ भन्ने मूख्य सन्देश कार्यक्रममार्फत प्रधानमन्त्री मोदीले दिने भएका छन् ।

अर्कोतर्फ भारतले प्रकृति संरक्षणमा कस्तो योगदान दिइरहेको छ भन्नेबारे पनि संसारलाई एकै कार्यक्रममार्फक एक साथ त्यो सन्देश प्रवाह गर्नेछन् ।

यसबाट प्रधानमन्त्रीको जोश जागरले आम नागरिकका पनि उर्जाको काम गर्ने विश्वास लिइएको छ । आफ्नो जिन्दगीका केही महत्वपूर्ण किस्सा पनि प्रधानमन्त्रीले कर्यक्रमको दौरान सुनाउनेछन् ।

त्यसकारण पनि यो कार्यक्रम हेर्न लायक हुने अपेक्षा गरिएको छ । ग्रिल्सले जंगलमा बाच्न के गर्नुपर्छ भन्ने बारे प्रधानमन्त्री मोदीलाई पुरै उपाय सिकाउने छन् । यो एपिसोड डिस्कवरी च्यानलबाट १२ अगस्टमा प्रसारण हुँदैछ ।

एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here