काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजक यूएईमाथि सात रनको विजय हासिल गर्दै श्रीलंकामा हुने २०२४ को आईसीसी यू–१९ विश्वकपमा स्थान पक्का गरेको टिमलाई जनही एक लाख रुपैयाँ दिने भएको छ ।
क्यानले भनेको छ -‘सफलताको कदर गर्दै जनही १ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छौं,हाम्रा युवा खेलाडीहरूको उपलब्धिलाई मान्यता दिई आवश्यक सहयोग प्रदान गरी उनीहरूको मनोवल बढाउन नेपाल सरकारलाई पनि आग्रह गर्दछौँ । हाम्रो युवा प्रतिभालाई समर्थन र प्रोत्साहन गर्न जारी राखौँ किनकि उनीहरूले विश्व मञ्चमा हाम्रो देशको प्रतिनिधित्व गर्छन् ।’
नेपालले यसअघि २०००, २००२, २००४, २००६, २००८, २०१२ र २०१६ मा गरी सातपटक आईसीसी यू–१९ विश्वकप खेलिसकेको छ ।