‘एल क्लासिको’: एडरको आत्मघाती गोलमा रियल म्याड्रिड पराजित

एजेन्सी । स्पेनिस कोपा डेल रेको सेमिफाइनलको पहिलो लेगमा क्याटलान क्लब बार्सिलोनाले रियल म्याड्रिडलाई पराजित गरेको छ । एडर मिलिसाओको आत्मघाती गोलमा ‘एल क्लासिको’ भिडन्तमा बार्सिलोनाले रियलमाथि १–० को जित दर्ता गरेको हो ।

खेलको २६औं मिनेटमा मिलिसाओले आत्मघाती गोल गर्न पुगेका थिए । यस जितसँगै बार्सिलोनाले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । अब दोस्रो लेगमा यही नतिजा कायम राख्न सके बार्सिलोना फाइनलमा पुग्नेछ । रियललाई फाइनल पुग्न जित निकाल्नुपर्नेछ । दोस्रो लेग ५ अप्रिलमा हुनेछ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here