विश्वकप लिग टु : नेपाल पीएनजीसँग भिड्दै, जित्नै पर्ने दबाब

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु शृखंलाको आफ्नो तेस्रो खेलमा नेपालले आज पपुवा न्युगिनीको सामना गर्दैछ । दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा नेपाली समय अनुसार बिहान पौने १२ बजे खेल सुरु हुनेछ । नेपाल महत्वपूर्ण खेलमा बिहीबार युएईसँग ६८ रनले पराजित भएको थियो ।

लगातार पाँच खेलको जित शृखंलामा ब्रेक लागेको नेपाल पपुवा न्युगिनीविरुद्धको खेलमा पुनरागमन गर्दै जित निकाल्ने लक्ष्यमा हुनेछ ।

नेपालले शृखंलाको पहिलो खेलमा पपुवा न्युगिनीलाई ४ विकेटले पराजित गरेको थियो । तर दोस्रो खेलमा ब्याटिङ नचल्दा नेपाल युएईविरुद्ध २०७ रनको लक्ष्य पछ्याउँदा १३९ रनमै अलआउट भएको थियो ।

लिग टुमा नेपाल पपुवा न्युगिनीसँग अपराजित छ । यसअघिको लिग टुको तीनवटै खेल नेपालले जितेको थियो । समग्रमा नेपाल र पपुवा न्युगिनीबीच ७ ओडिआई खेल भएको छ ।

जसमा नेपालले ५ खेल जितेको छ भने २ खेलमा पराजित भएको छ । लिग टुको शीर्ष ३ मा रहँदौ विश्वकप छनोटमा पुग्न नेपालले अब बाँकी ६ वटै खेल जित्नुपर्नेछ । यदि नेपालले आज हारेमा विश्वकपको सपना सकिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here