पीएनजीले टस जित्यो, नेपाललाई फिल्डिङको निम्तो

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्रिकेट विश्वकप लिग २ अन्तर्गतको खेलमा पीएनजीविरुद्ध टस हारेर फिल्डिङमा उत्रँदैछ।

नेपाली टोलीमा यूएईसँग खेलेको टोलीमा भन्दा एक परिवर्तन छ। गुलसन झाको स्थानमा भीम सार्कीले स्थान बनाएका छन्।

नेपाल र पीएनजी एकदिवसीय क्रिकेटमा सातपटक आमनेसामने हुँदा पाँच खेल नेपालले र दुई खेल पीएनजीले जितेको छ। बिहीवारको खेलमा यूएईसँग पराजय ब्यहोरेसँगै नेपाललाई शीर्ष तीनमा पर्नका लागि बाँकी ६ खेलमा शतप्रतिशत जित निकाल्नुपर्ने दबाब छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here