पीएनजीविरुद्ध नेपालको रोमाञ्चक जीत,आसिफ र सन्दीपको कीर्तिमानी साझेदारी

काठमाडौं । सन्दीप लामिछानेले ब्याटिङमा आशिफ शेखलाई बलियो साथ दिँदा नेपालले विश्वकप छनौटको सम्भावना जीवितै राखेको छ।

आईसीसी लिग २ मा शुक्रबार नेपालले पपुवा न्यूगिनीलाई ३ विकेटले पराजित गरेको हो। पीएनजीले दिएको एक सय ८० रनको लक्ष्य नेपालले ४८ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।

नेपालका लागि प्रारम्भिक ब्याट्सम्यान आसिफ शेख र सन्दीप लामिछानेले शानदार प्रदर्शन गरे। अविजित रहँदै आसिफले ८६ र सन्दीपले ३५ रन बनाए ।

उनीहरुले आठौँ विकेटका लागि ७७ रनको साझेदारी गरेपछि नेपालको जित सम्भव भएको हो । ६ जना ब्याट्सम्यान दोहोरो अंकमा रन नजोड्दै आउट भएपछि नेपाल संकटमा परेको थियो ।

७४ रनमा ६ विकेट गुमाएको नेपाललाई आसिफले सम्हालेका थिए । १०५ रन जोड्दा कुशल मल्ल आउट भएपछि सन्दीप क्रिजमा आएका थिए ।

विश्वकप लिग २ मा ३१ खेलबाट ३० अंक भएको नेपाल तालिकाको छेटौँ स्थानमा रहेको छ । जारी शृंखलाको पहिलो खेलमा पीएनजीलाई हराएको नेपाल बिहीबार घरेलु टोली यूएईसँग ६८ रनले पराजित भएको थियो । यो शृंखलाको अन्तिम खेलमा नेपालले अब यूएईसँग खेल्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here