‘ए’डिभिजन लिग: एपीएफ र चर्च ब्वाइज विजयी

काठमाडौं । शहिद स्मारक ’ए’ डिभिजन लिग अन्तर्गत शनिबार सम्पन्न खेलमा विभागीय टोली एपीएफ क्लब र नवप्रवेशी क्लब चर्च ब्वाइज युनाइटेडले विजयी सुरुआत गरेका छन् ।

थ्री स्टार क्लबलाई २–० गोल अन्तरले हराउँदै एपीएफले विजयी सुरुआत गरेको हो । एपीएफको जितमा मणिकुमार लामा र अर्मान्ड बिडोमले एक-एक गोल गरेका थिए ।

त्यस्तै, शनिबार नै सम्पन्न अर्को खेलमा नवप्रवेशी क्लब चर्च ब्वाइज युनाइटेडले पनि विजयी सुरुआत गरेको छ । च्यासल मैदानमा सम्पन्न खेलमा चर्च ब्वाइजले नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले हराएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here