काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आर्थिक वर्ष २०७८/०७९को वार्षिक प्रतिवेदन बुझाएका छन् ।
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयका सम्बन्ध एवम् सुशासन ऐन २०६४ को दफा ४१ बमोजिम आर्थिक वर्ष २०७८/०७९ मा नेपाल सरकारले गरेको गरेको काम र उपलब्धिसहितको प्रतिवेदन प्रधानमन्त्रीले राष्ट्रपतिलाई बुझाएको राष्ट्रपति कार्यालयले जनाएको छ।
भेटमा सरकारका कामकारबाहीका विषयमा छलफल गरेका थिए ।