टेलिकमलाई ५० हजार रुपैयाँ जरिवाना

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सरकारी दूरसञ्चार कम्पनी(नेपाल टेलिकम) लाई ५० हजार रुपैयाँ जरिवाना सहितको कारबाही गरेको छ।

निर्देशन विपरित अटो रिन्यु हुने गरी भ्यास सेवा सञ्चालन गरेको भन्दै कम्पनीलाई दूरसञ्चार ऐन, २०५३ को दफा ४७ (१) बमोजिम ५० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय भएको हो ।

कम्पनीले यसअघि सेवाग्राहीहरुका लागि सुनको सिक्का उपहार योजनाअन्तरगत अटो रिन्यू सहितको अफर ल्याएको थियो। उक्त जरिवाना बापतको रकम टेलिकमले ३० दिनभित्र तिर्नुपर्नेछ भने त्यस्तो सेवा १५ दिनभित्र बन्द गरिसक्नुपर्ने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here