इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको कारबाही, १ लाखसम्म जरिवाना

काठमाडौं । इन्टरनेटको महशुलदर स्वीकृत नगराई सेवा उपलब्ध गराउने सेवा प्रदायकलाई नियामक नेपाल दूरसञ्चार प्राधिकरणले कारबाही गरेको छ ।

कारबाहीमा पर्नेमा वर्ल्डलिङ्क कम्युनिकेसन्स, भायानेट कम्युनिकेसन, सुबिसु केवलनेट र क्लासिक टेक रहेका छन् । त्यस्तै वेबसर्फर तथा नेपाल कम्युनिकेसन सिस्टम, सीजी कम्युनिकेसन्स, डिश मिडिया नेटवर्क, वाईफाई नेपाल र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड समेत नियामकको कारबाहीमा परेका छन् ।

फागुन ११ गते बसेको प्राधिकरण बोर्डले यी सबै सेवा प्रदायकहरुलाई १ लाख रुपैयाँको दरले जरिवाना गर्ने निर्णय गरेको छ। सेवा प्रदायकहरुले पेश गरेको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले सेवा प्रदायकहरुलाई प्राधिकरणको मिति २०७९ फागुन १ को निर्णयानुसार दूरसञ्चार ऐन, २०५३ को दफा ४७ (२) बमोजिम रु. १ लाख जरिवाना गरिएको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here