झलनाथ भेट्न डल्लु पुगे रामचन्द्र

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालसँग भेट गरेका छन्।

आफ्नो पक्षमा मत माग्न नेता खनाललाई भेट्न पौडेल खनाल निवास डल्लु पुगेका थिए ।

उनीहरूबीच राष्ट्रपति निर्वाचन, समसामयिक राजनीति लगायत विषयमा छलफल भएको पौडेलको सचिवालयले जनाएको छ।

राष्ट्रपतिको उम्मेदवारलाई लिएर एकीकृत समाजवादीबीच विवाद छ। उनीहरु कोही पौडेललाई मत दिने पक्षमा छन् त कोही अर्का उम्मेदवार सुवास नेम्बाङलाई मत दिने पक्षमा देखिएका छन्।

एमाले नेताले खनाललाई भेटेर नेम्बाङले राष्ट्रपतिमा जिते खनाललाई सांसद बनाउने आश्वासन दिएको छ।