दसवर्षे सशस्त्र युद्धमा होमिएका माओवादी धाराका पार्टी नेता एकैठाँउ

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा माओवादी धाराका पार्टी नेताहरूको बैठक जारी छ । दसवर्षे सशस्त्र द्वन्द्वमा एकै ठाउँ रहेका तर शान्ति प्रक्रियापछि छुट्टाछुट्टै राजनीतिक दलमा आबद्ध भएका दलका नेताहरू भेला भएका हुन् ।

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय सम्पूर्ण माओवादी घटकहरूलाई एकताबद्ध हुन आग्रह गर्दै आएका छन् ।

बैठकमा ‘प्रचण्ड’, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, सोही पार्टीका अर्का अध्यक्ष महेन्द्र राय यादवलगायत नेता सहभागी छन् ।

बैठकमा सीपी गजुरेल, कृष्णबहादुर महरा, देव गुरुङ, खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, आहुति, कर्णजीत बुढाथोकी, हेमन्तप्रकाश ओलीलगायत नेता सहभागी रहेको छ ।

प्रधानमन्त्री दाहाललाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने मागसम्बन्धी मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले आदेश जारी गरेपछि संक्रमणकालीन न्यायका विषयमा माओवादी र पूर्वमाओवादीहरूबीच छलफल सुरु भएको हो । यसअघि आइतबार माओवादी नेताहरू एउटा कार्यक्रममा एकै ठाउँमा जम्मा भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here