यूएईविरुद्ध नेपालले टस जित्यो, ज्ञानेन्द्र र करण बेन्चमा

काठमाडौं । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा युनाइटेड अरव इमिरेट्स (यूएई) विरुद्ध टस जितेको छ ।

टियु क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

आजको खेल जित्दै नेपाल आगामी चार वर्षका लागि एकदिवसीय मान्यता जोगाउन चाहन्छ । साथै, विश्वकप छनोटको सम्भावना कायम राख्नेछ । हारले भने विश्वकप छनोटका लागि प्लेअफ खेल्नुपर्नेछ ।

एकदिवसीय मान्यतालाई बाँकी दुईमध्ये एक खेलमा जित अनिवार्य निकाल्नुपर्नेछ । लिग–२ मा ३३ खेलबाट १६ जितसहित ३४ अंक जोडेको नेपाल पाँचौँ स्थानमा छ । नेपालले पछिल्ला नौमध्ये आठ खेलमा जित निकालेको छ ।

नेपालको जितले युएईको एकदिवसीय मान्यता धरापमा पर्नेछ । शीर्ष तीनको दौडबाट युएई बाहिरिसकेको छ । युएई ३३ खेलबाट ३१ अंकका साथ छैटौैँ स्थानमा छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको नेपालले आज टोलीमा दुई परिवर्तन गरेको छ । आज नेपालले ज्ञानेन्द्र मल्ल र करन केसीलाई बाहिर राखेको छ भने ललित राजवंशी र गुल्शन झालाई टिममा समावेश गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here