पपुवा न्युगिनीलाई हराउदै नेपाल विश्वकप क्वालिफायर नजिक

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपालले पपुवा न्युगिनीविरुद्ध जित हासिल गरेको छ । त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा पपुवा न्युगिनीले दिएको ९६ रनको लक्ष्य ७.४ ओभरमा पूरा गर्दै नेपालले जित निकालेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले ३२ ओभरमा सबै विकेट गुमाएर ९४ रन बनाएको थियो । नेपालले १ विकेट गुमाएर ७ ।४ ओभरमा लक्ष्य भेट्टायो ।

नेपालका लागि आसिफ शेखले अर्धशतक पूरा गरे । ओपनिङमा गएका शेखको अर्धशतकमा नेपालले पपुवा न्युगिनीलाई पराजित गरेको हो । शेखले २१ बलमा ८ चौका र ३ छक्का प्रहार गर्दै ५३ रन बनाएका हुन् ।

त्यस्तै उनीसँगै ओपनिङमा गएका कुशल भुर्तेल १४ बलमा ३३ रन बनाई बाहिरिएका थिए ।

कुशल भुर्तेलले १४ बल खेल्दै चार चौकार २ छक्का मद्दतमा ३३ रन बनाए ।

लिग टू को अन्तिम शृखंलामा नेपालको लगातार तीन जित भएको हो । अब नेपाल विश्वकप क्वालिफायरमा पुग्नबाट एक जित मात्र टाढा छ ।

नेपालले बिहीबार हुने लिग टू कै अन्तिम खेलमा युएईलाई हराएमा लिग टू को शीर्ष तीनमा रहेर जिम्बाब्बेमा आगामी जुन(जुलाईमा हुने विश्वकप क्वालिफायर खेल्नेमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here