तीस पार गरेपछि देखिन्छ यस्ता समस्या, स्वस्थ रहन के-के खाने ?

काठमाडाैं । ३० वर्ष पार गरेपछि धेरैजसो मानिसलाई शरीरमा आवश्यक पोषक तत्वहरु जस्तै आइरन, क्याल्सियमको कमी हुन्छ ।

चिकित्सकहरुका अनुसार ३० वर्ष पार गरेपछि मेटाबोलिक रेटमा कमी हुने र शरिरमा रोग प्रतिरोधी क्षमतामा पनि ह्रास आउने गर्दछ । यसले थुप्रै रोगको सम्भावना बढ्ने गर्दछ ।
त्यसैले तीस वर्ष पार गरेपछि व्यायामका साथै स्वस्थ खानपिन हाम्राे शरीरको लागि अतिआवश्यक हुन्छ ।

३० वर्ष पार गरेपछि स्वास्थमा यस्ता ५ समस्याहरुले धेरैलाई सताउने गर्छन्

– मधुमेह

– हड्डी कमजोर हुने

– तौल बढ्ने

– मांसपेशी कमजोर हुने

– मुटुमा समस्या

ती समस्याबाट छुटकारा पाउन खानुहोस यस्ता खानेकुरा

१. दूधः

यसमा एन्टीअक्सिडेन्टस्, प्रोटिन हुन्छ । यसको नियमित सेवनले मांसपेशी बलियो हुन्छ, छालाको लागि फाइदाजनक छ ।

२. दहीः

यसमा क्याल्सियम प्रोबायोटिक ब्याक्टेरिया हुन्छ । यसको नियमित सेवनले तौल नियन्त्रणमा हुन्छ, हड्डीबलियो हुन्छ ।

३. गोलभेडाः

यसमा फाइबर र फ्लेवोनाइड्स हुन्छन् । यसले तौल कमगर्न मद्दत गर्दछ र सुन्दरतामा निखार ल्याउँछ ।

४. ओट्सः

यसमा फाइबर, कार्बोहाइड्रेट हुन्छ । यसले पाचनक्रियालाई बलियो बनाउँछ र तौल नियन्त्रणमा राख्छ ।

५. पालुङ्गोः

यसमा आइरन, भिटामिन डी हुन्छ । यसले रक्तअल्पत्ताबाट बचाउँछ, हड्डीका लागि यो फाइदाजनक छ ।

६. चकलेटः

डार्क चकलेटमा फ्लेवोनाइड्स, एन्टीअक्सिडेन्ट हुन्छ । यसको सेवनले अनुहारमा चाउरी पर्दैन, मुड राम्रो हुन्छ ।

७. माछाः

यसमा ओमेगा थ्री फ्याटी एसिड हुन्छ । यसले मुटुको समस्या र डिप्रेशनबाट बचाउँछ ।

८. अण्डाः

यसमा भिटामिन ‘ए’ र फस्फरोस हुन्छ । यसले आँखालाई स्वस्थ राख्नुका साथै दाँतबलियो बनाउँछ ।

९. राजमाः

राजमामा एन्टिअक्सिडेन्ट हुने भएकाले यसले छालाको चाउरीपनालाई कम गराउनुका साथै घामको किरणले छालालाई पुर्याउने क्षती पनि कम गर्छ ।

१०.बदाम

यसमा भिटामिन बी सिक्स र फोलिक एसिड हुन्छ । यसले स्मरणशक्ति तेज हुन्छ र बाँझोपनकाे समस्या हुनबाट पनि राेक्छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here