रोनाल्डोसम्मिलित अल नासर किङ्स कपको सेमिफाइनलमा

एजेन्सी । घरेलु मैदानमा अभा क्लबलाई ३–१ ले पराजित क्रिस्टियानो रोनाल्डोसम्मिलित अल नासर किङ्स कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको खेलमा अल नासरको जितमा सामी अल नाजेइ, अब्दुल्लाह अल्खाईवारी र मोहम्मेद मरनले गोल गरे । अभाका अब्देल फटाह एडामले एक गोल फर्काए ।

रोनाल्डोले पुरै समय मैदानमा बिताएपनि गोल र असिस्ट प्रदान गर्न सकेनन् । यसै विन्टरमा अल नासर पुगेका रोनाल्डोले क्लबका लागि ९ खेलमा ८ गोल र २ असिस्ट प्रदान गरिसकेका छन् ।

अब अल नासरले सेमिफाइनलमा अल वेहेदासँग २४ अप्रिलमा खेल्नेछ । अल इतिहादले २३ अप्रिलमा अल हिलालसँग खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here