ओडीआई वरीयतामा नेपालको छलाङ

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेको नेपाली राष्ट्रिय क्रिकेट टिमले एकदिवसीय क्रिकेट (ओडीआई) अन्तर्राष्ट्रिय वरीयतामा तीन स्थान सुधार गरेको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीले गएराति सार्वजनिक गरेको वरीयतामा नेपाल १६ औं स्थानमा उक्लिएको छ। नेपालले नामिबिया, अमेरिका, यूएई र पपुवान्युगिनीलाई पछि पारेको छ। नेपालभन्दा पछि रहेको नामिबिया १७ औं, अमेरिका १८औं, यूएई १९औं र पपुवा न्युगिनी २०औं स्थानमा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here