जुम्लामा पुग्यो उच्च गतिको इन्टरनेट

काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंकले जुम्लामा उच्च गतिको फाइबर इन्टरनेट सेवा शुभारम्भ गरेको छ ।

कम्पनीले बुधबारबाट औपचारिक सेवा सुरु गरेको छ । कम्पनीका अनुसार जुम्लाका विभिन्न क्षेत्रमा फाइबर विस्तार गर्न १५ करोड रुपैयाँ लागत लागेको छ । यससँगै वर्ल्ड लिंक जुम्लामा तारसहितको फाइबर इन्टरनेट सेवा विस्तार गर्ने पहिलो कम्पनी बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here