पीएनजीविरुद्ध यूएईको सानदार जीत

काठमाडौं । आईसीसी विश्वकप लिग- २ अन्तर्गत त्रिदेशीय एकदिवसीय श्रृंखलामा यूएईले नेपालसँग खेल्नुअघि पपुवा न्यूगिनी (पीएनजी)माथि ६ विकेटको सानदार जीत निकालेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पीएनजीले दिएको २३५ रनको लक्ष्य यूएईले ३८.४ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको हो । यूएईको जीतमा कप्तान वासिमले सर्वाधिक ११९ रनको इनिङ खेले ।

उनको यो ओडिआई करिअरको पहिलो शतक हो । वासिमले ६० बलमा ४ चौका र ११ छक्कासहित शतक पूरा गरेका थिए । जुन युएईबाट बनेको सर्वाधिक छिटो शतक हो ।

यो हारसँगै पीएनजीले लिग टू को ३६ खेल पूरा गरेको छ । पिएनजीले ३६ खेलमा ५ जित र ३० हार तथा एक बराबरी सहति लिग २ को यात्रा सकाएको छ । यूएईले भने लिग टू को अन्तिम खेल भोलि बिहीबार नेपालसँग खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here