‘ए’ डिभिजन लिग: एपीएफले आर्मीलाई हरायो

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिग अन्तर्गत च्यासल मैदानमा बुधबार भएको खेलमा एपीएफले अर्का विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई १-० ले पराजित गरेको छ ।

एपीएफलाई जित दिलाउन ३६ औं मिनेटमा मणी कुमार लामाले गरेको एकमात्र गोलले एपीएफलाई महत्वपूर्ण दोस्रो जित दिलायो ।

जितसँगै एपीएफले चार खेलबाट ७ अंक जोडेको छ । एपीएफले यसअघि एक खेलमा जित, एक खेलमा पराजय र एक खेलमा बराबरीको नतिजा निकालेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here