रियल म्याड्रिड क्वाटरफाइनलमा, बेन्जेमाको निर्णायक गोल

एजेन्सी । रियल म्याड्रिडले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।

लिभरपुललाई दोस्रो लेगमा १–० ले पराजित गरेको रियल समग्रमा ६–२ को फराकिलो जितसँगै अन्तिम आठमा स्थान पक्का गरेको हो ।

बुधबार राति भएको प्रतिस्पर्धातमक र रोमाञ्चक खेलमा रियलको जितमा दोस्रो हाफमा कप्तान बेन्जेमाले गरेको गोल नै निर्णायक बन्यो । उनले ७८औं मिनेटमा ब्राजिली विंगर फरवार्ड भिनिसियस जुनियरको पासमा गोल गर्न सफल भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here