नेपोली पहिलोपटक क्वाटरफाइनलमा

एजेन्सी । इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको नेपोली क्लब आइनट्राख्ट फ्रान्कफुर्टलाई दोस्रो लेगमा ३–० ले तथा समग्रमा ५–० को जितसहित इतिहासमै पहिलोपटक च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

पहिलो लेगमा नेपोली २–० ले विजयी भएको थियो । घरेलु मैदान डिएगो अर्मान्डो म्याराडोना रंगशालामा बुधबार राति भएको खेलमा नेपोलीको जितमा भिक्टर ओसिमहेनले दुई तथा पिओटर जिलेन्स्कीले एक गोल गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here