यूएईका कप्तान मोहम्मद वासिम आउट

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम खेलमा यूएईविरुद्ध नेपालले दोस्रो विकेट लिएको छ ।

यूएईका कप्तान मोहम्मद वासिमको विकेट नेपालका सन्दीप लामिछानेले लिएका हुन् । वासिमले ४९ बलमा ६ छक्का र दुई चौका प्रहार गर्दै ६३ रन बनाएका थिए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर युएईले पहिले ब्याटिङ गरिरहेको छ।

उत्कृष्ट ब्याटिङ गरिरहेको युएईले १७ औं ओभरको दोस्रो बलमा कप्तान मोहम्मद वासिमलाई गुमाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here