काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम खेलमा यूएईले नेपाललाई ३११ रनको बलियो लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय १० रनको योगफल तयार पारेको छ ।
यूएईका लागि सर्वाधिक आशिफ खानले कीर्तिमानी शतक प्रहार गरे भने उनले ४२ बलमा १०१ रन बनाउँदै नटआउट रहे । छैटौं विकेटका लागि आशिफ र अरविन्दले १३५ रनको साझेदारी गरे। वृत्या अरविन्द ९४ रनमा क्याच आउट भए। यूएईका आशिफ खान १०१ रनमा नटआउट रहे।
विस्फोटक ब्याटिङ गरेका आशिफले ४१ बलमा ३ चौका र ११ छक्का प्रहार गर्दै शतक पुरा गरे। १३५ बलको सामना गरेका अरविन्दले ८ चौका र २ छक्का हाने।
यूएईका कप्तान मोहम्मद वासिमले ४९ बलमा ६ छक्का र दुई चौका प्रहार गर्दै ६३ रन बनाए । त्यस्तै, रोहन मुस्तफाले २०, सीपी रिजवानले सात, आर्यन लाक्राले ६ र आयन अफ्जल खानले तीन रन बनाए ।
बलिङतर्फ दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिए । त्यस्तै, ललितनारायण राजवंशीले एक विकेट लिए । उनले १० ओभरमा २७ रन खर्चिएर एक विकेट लिएका हुन् । सन्दीप लामिछाने र सोमपालको नाममा एक विकेट रह्यो ।
सन्दीपले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमान बनाउन भने सकेनन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ९९ विकेट लिएका सन्दिप दुर्लभ विश्व कीर्तिमान नजिक छन् ।
नेपालले लिग २ मा पाएको सबैभन्दा विशाल लक्ष्य हो। लिग २ मा नेपाललाई ३ सय रनको विशाल योगफल दिने यूएई पहिलो टोली हो।