सन्दीप विश्व कीर्तिमानबाट एक विकेट टाढा

काठमाडौं । सन्दीप लामिछाने एकदिवसीयमा छिटो सय विकेट पूरा गर्ने कीर्तिमानबाट एक विकेट टाढा रहेका छन् ।

विश्व कीर्तिमान नजिक पुग्ने क्रममा उनले ४१ ओडीआई खेलमा ९९ विकेट लिएका छन् । आगामी खेलमा एक विकेट लिएमा सन्दिप सबैभन्दा छिटो १०० विकेट लिने खेलाडी बन्नेछन्।

यो सूचीको शीर्ष स्थानमा अफगानिस्तानका स्पिनर रासिद खानले ४४ खेलमा सय विकेट लिएका छन् । खानपछि अष्ट्रेलियाका मिचेल स्टार्क छन्। उनले ५२ खेलमा ओडीआईमा एक सय विकेट पूरा गरेका थिए।

यसैगरी पाकिस्तानका सक्लेन मुश्ताकले ५३, न्युजिल्यान्डका शेन बोन्डले र मुश्ताफिजुर रहमानले समान ५४ खेलमा एक सय विकेट पूरा गरेका छन्। अष्ट्रेलियाका ब्रेट लीले ५५, न्युजिल्यान्डका ट्रेन्ट बोल्ट र भारतका मोहम्मद शामीले ५६–५६ खेलमा एक सय विकेट पूरा गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here