पूर्वी नेपालमा व्यवसाय विस्तार गर्दै मेटलाइफ, इटहरी र कटारीमा नयाँ एजेन्सी

काठमाडौं, २७ साउन । मेटलाइफले पूर्वी नेपालमा व्यवसाय विस्तार गरेको छ । उसले यसै साता प्रदेश नं. १ अन्तर्गतका इटहरी र कटारीमा दुईटा नयाँ एजेन्सी कार्यालय सञ्चालनमा ल्याएको छ ।

कम्पनीका प्रमुख वितरण अधिकृत अरुण बस्नेत तथा अन्य स्थानीय कर्मचारीहरुको उपस्थितिमा कम्पनीका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले दुवै कार्यालयहरुको उद्घाटन गरे ।
यसरी भएको विस्तारले यस क्षेत्रमा रहेका कम्पनीका ग्राहकहरुलाई थप सुबिधा तथा सहजता प्रदान गर्न सहयोग मिल्नेविश्वास कम्पनीले लिएको छ ।

नयाँ कार्यालयले ग्राहकहरुलाई बीमा शुल्क तथा आवेदन संकलन, बीमालेख हस्तान्तरण तथा बीमालेख परिवर्तन र पुनस्र्थापना, ग्राहकको जिज्ञासा अनुरोधहरु बुझ्ने तथा अन्य कागजपत्रहरुको पर्याप्तता हेर्ने जस्ता सेवाहरु प्रदान गर्ने बताइएको छ । यी थप गरिएका दुई नयाँ कार्यालयहरु बिराटनगरमा रहेको शाखा कार्यालयको मातहतमा रहनेछन् ।

मेटलाइफ नेपाल अमेरिकी बहुराष्ट्रिय बीमा कम्पनी मेटलाइफ इन्कको नेपाल शाखा हो ।

सन् २००१ देखि सञ्चालनमा आएको मेटलाइफ नेपालले व्यक्तिगत तथा संस्थागत ग्राहकहरुलाई जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा र सामुहिक बीमा जस्ता बीमा योजनाहरु उपलब्ध गराउदै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here