खेलाडीको हौसला बढाउन उर्लिएका नेपाली समर्थक (फोटोफिचर)

काठमाडौं । आईसीसी लिग २ अन्तर्गत यूएईविरुद्ध जित्नै पर्ने खेलमा नेपाली टोलीको हौसला बढाउन पुगेका दर्शकले त्रिवि क्रिकेट मैदान भरिएको छ।

यूएईविरुद्ध जित निकाले नेपाल सोझै विश्वकप छनोटमा पुग्ने भएकाले हौसलाका लागि पुगेका दर्शकहरुले स्टेडियमको घाँसे प्यारापिट भरिएको हो।

नेपाल क्रिकेट संघ क्यानले तोकेको शुल्क तिरेर काठमाडौंसहित देशक अन्य जिल्लाबाट पनि दर्शक आइपुगेका छन्।

अहिले कीर्तिपुरमा कयौँ सेलिब्रिटीदेखि सर्वसाधारणसम्म नेपाली टोलीको हौसला बढाउन राष्ट्रिय झन्डासहित पुगेर हुटिङ गरिरहेका छन्। मैदान भित्र र बाहिर दर्शकहरु खचाखच छन् । नेपालको राष्ट्रिय झण्डा बोकेकाहरुले नेपाली टोलीलाई हौसला प्रदान गरिरहेका छन् ।

तस्विर: क्यान