बिजयी क्रिकेट टिमलाई प्रधानमन्त्री प्रचण्डले दिए बधाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल विश्वकप क्रिकेट छनोटमा पुग्न सफल भएकोमा बधाई दिएका छन् ।

बिहीबार आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको खेल हेर्न पुगेका प्रधानमन्त्री प्रचण्डले ट्वीट मार्फत बधाई दिएका हुन् । युएईलाई डीएल मेथडमा ९ रनले हराएपछि नेपाल विश्वकप छनोट चरणमा पुगेको हो ।

‘लिगका खेलहरुमा उच्च कौशलता प्रदर्शन गर्दै नेपालको स्वाभिमान र गौरव उँचो राख्न सफल भएकोमा उच्च प्रशंसासहित नेपाली क्रिकेट टिम, प्रशिक्षक, क्यानलगायत हामी सबैलाई बधाई १’ प्रचण्डले लेखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here