के हो ‘डीएल मेथड’ ? जसअनुसार नेपाल ९ रनले विजयी भयो

काठमाडौं । भौगोलिक तथा प्राकृतिक कारणले खेलमा प्रभाव पारेको खण्डमा खेललाई निर्णयसम्म पुर्‍याउन डकवर्थ लुइसको प्रयोग गरिन्छ ।

यस पद्धतिमा पहिले ब्याटिङ गर्ने टोलीलाई आर १ तथा दोस्रो इनिङ्समा ब्याटिङ गर्ने टोलीलाई आर २ का रुपमा मानिन्छ ।

निर्णयका लागि विभिन्न तीन फरक पद्धतिबाट यसको गणना गरिन्छ । टिम २ को रन औषत टिम १ को भन्दा कमजोर रहेको अवस्थामा पावर प्लेमा प्रहार गरेको रनरेटको औषतलाई समेत गणना गरी विकेटको अवस्थालाई पनि हिसाबको पाटोको रुपमा गणना गरिन्छ ।

डीएल मेथड ५ देखि ५० ओभरको खेलमा प्रयोग गरिन्छ । जसका लागि शेष विकेट महत्वपूर्ण पाटोका रुपमा रहेको हुन्छ ।

यो नियम सुरुमा १९९७ मा जिम्बाबे र इंग्ल्यान्डबीचको खेलमा लागू गरिएको थियो । पछि अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले सन् १९९९ मा यो नियमलाई औपचारिक रुपमा लागू गरेको हो ।

क्रिकेटकै एउटा डकवर्थ–लुइस नियम (डीएल) अनुसार आज नेपालले यूएईविरुद्धको खेल जितेको छ । ३११ को विशाल लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको नेपालले ६ विकेटको क्षतिमा ४४ ओभरमा २६९ रन बनाएको थियो ।

नेपालले खेल जित्ने सम्भावना कायमै रहेको अवस्थामा अम्पाएरहरूले खराब प्रकाशका कारण खेल अगाडि बढ्न नसक्ने निर्णय लिए । जसअनुसार नेपाल ९ रनले विजयी भयो ।

नेपालले अब जिम्बाबेमा हुने आइसीसी ग्लोबल छनोटमा खेल्नेछ। ग्लोबल छनोटमा लिग २ का शीर्ष ३ टोली, सुपर लिगका पुछारका ५ टोली र नामिबियाकामा हुने प्लेअफ छनोटबाट आएका शीर्ष २ टोलीबीच स्पर्धा हुनेछ।

नेपालको जितले नामिबिया चौथो स्थानमा रहँदै प्लेअफमा पुगेको छ। पराजित युएईले पनि विश्वकप छनोटमा स्थान बनाउनका लागि प्लेअफ छनोट खेल्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here