कीर्तिपुरस्थित क्रिकेट मैदानमा आधुनिक फ्लटलाइट र स्कोर बोर्ड जडान गर्न प्रमको निर्देशन, खेलाडीलाई जनही रु.३लाख

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली क्रिकेट टोलीलाई जनही ३ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरी नेपालको स्वाभिमान र पहिचान उच्च बनाएको भन्दै सो पुरस्कारको दिन लागेका हुन् ।

विजेता खेलाडीहरूलाई शुक्रबार बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्रीले उक्त पुरस्कारको घोषणा गरेका हुन् । ‘विश्वकप छनोटका लागि तपाईहरूलाई थप सफलता मिलोस् म तपाईहरूको सुखदुखमा सधै साथमै रहनेछु प्रधानमन्त्रीले भने, ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले कीर्तिपुरस्थित क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लटलाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषदलाई निर्देशन समेत दिएका छन् ।

साथै यस सन्दर्भमा मूलपानी, चितवन लगायत देशका विभिन्न स्थानमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउन नेपाल सरकारको तर्फबाट आवश्यक प्रबन्ध गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here