माइक्रोसफ्टले ल्यायो आधुनिक एआइ सहायक कोपाइलट

काठमाडौं । माइक्रोसफ्टले एआइमा आधारित ‘कोपाइलट’ सार्वजनिक गरेको छ । माइक्रोसफ्ट ३६५ एप तथा त्यसका सेवाहरुका लागि कोपाइलट तयार गरिएको हो ।

यो विशेषगरी वर्ड, एक्सल पावर पोन्ट तथा आउटलुक प्रयोगकर्तालाई ध्यानमा राखि तयार गरिएको बताइएको छ ।

ओपन एआइको जीपीटी फोरद्धारा संचालित कोपाइलट माइक्रोसफ्ट ३६५ एपसँगै सहायकजस्तै बन्ने छ ।

पाइलट साइडबारमा च्याटबटको रुपमा रहनेछ, जसले माइक्रोसफ्ट अफिस प्रयोगकर्ताहरुका लागि डकुमेन्टहरुमा टेक्स्ट ता पावरपोइन्ट प्रस्तुतीकरणहरु सृजना गर्न अनुमति दिन्छ ।

माइक्रोसफ्टका प्रमुख सत्या नदेलाले भने यसले हाम्रो काम गर्ने तरिकालाई नै फरक बनाउने बताए ।

कुनै पनि औपचारिक बैठकमा पावरपोइन्ट मार्फत छलफल गरिएका मूख्य बिन्दूहरुको संक्षेपीकरण गरेर ढिला सहभागी भएका वा सहभागी हुन नपाएकाहरुलाई रिक्यापको सुविधा प्रदान गर्ने छ । जसले गर्दा मूख्य सूचना तथा जानकारी पाउनबाट बञ्चित हुन परेन ।

त्यस्तै कोपाइलटले इमेलहरु ड्राफ्टमा राख्ने, लामो इमेल वा कागजातहरुको विश्लेषण गर्ने, एक्सेल स्प्रेडसिटमा डेटाको सारांश र ग्राफहरु सिर्जना गर्नेजस्ता काम गर्छ ।

कम्पनीका अनुसार हाल २० जना प्रयोगकर्ताहरुमा यसकोे परीक्षण गरिएको छ । आगामी महिना धेरै जना प्रयोगकर्तााई सेवा उपलब्ध गराउने कम्पनीको योजना छ ।

माइक्रोसफ्ट वर्डमा कोपाइलट पहिलो ड्राफ्ट तयार गर्न मद्धत गर्छ । जुन तपाँइले आवश्यक परेको अवस्थामा सम्पादन गर्न सक्नुुहुन्छ । यसरी पहिलो ड्राफ्ट तयार गर्न लाग्ने समयको बचत हुन्छ ।

कोपाइलटले तयार भएको मस्यौदामा प्रतिक्रिया समेत दिन्छ । त्यस्तै एक्सेलमा कोपाइलटले ट्रेन्ड विश्लेषण गर्नुका साथै केही सेकेन्डमै व्यवसायीक देखिने डेटा दृष्यहरु सृजना गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here